नेपाली कला र संस्कृतिका लागि गम्भिरतापुर्बक लागिपरेका गायक एबम संगीतकार हुन् सन्तु थापा। बुवा दल बहादुर थापा तथा आमा दिल कुमारी थापा को सुपुत्र को रुपमा रेसुङ्गा नगरपालिका तमाघांस गुल्मी मा जन्मेका सन्तु थापाले हालै तीजको गीत सत्बजनिक गरेका छन्। साच्चै राम्री छु र ,बोलको गीतको म्युजिक भिडियो अत्यन्तै आकर्षक बनेको छ। आफ्नो एकल गीति एल्बम मात्र १६ वटा सार्बजनिक गरिसकेका गायक थापाले सयौं को संख्यामा गीतहरु रेकोर्ड गराइसकेका छन्। संसारका विभिन्न देश हरुमा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेका थापाले हाल सम्म बेलायेत,अस्ट्रेलिया ,स्पेन ,बेल्जिएम ,नेदरल्याण्ड ,इटाली ,फ्रान्स ,चेक रिपब्लिक ,पोल्याण्ड ,यु ए ई ,मलेसिया आदि देश मा भ्रमण गरिसकेका छन् भने दोहोरि ,लोकपप ,सालैजो ,सोरठी ,पन्चेबाजा ,झ्याउरे ,तीज , कौरा तथा लोक-गीत आदि गाइसकेका छन्। गायक थापाले हालसम्म ५ वटा जति रास्ट्रीय स्तरका अवार्ड जितिसकेका छन् भने ७ वटा जति गायन प्रतियोगिता हरुमा सफलतापुर्बक निर्णायक को भूमिका समेत निर्बाह गरिसकेका छन्।
यसपालिको तीज गीत साच्चै राम्री छु र मा थापा लाइ गायन मा टिका पुन ले साथ् दिएकी छिन। संगीत खेम सेंचुरिको रहेको उक्त गीतमा शब्द नेत्र अर्यालको रहेको छ भने सन्तु थापाले आफ्नै युट्युब च्यानल बाट उक्त गीत सार्बजनिक गरेका छन्। उक्त गीतमा गुल्मी रेसुङ्गा म्युजिक प्रा ली को प्रस्तुति रहेको छ।