गायीका सिन्धु मल्ल ले गाइन (न ,म )शब्द बिना को गीत-सुवर्ण कुमार श्रेष्ठ ,सम्पादक

admin

 

 

 

 


कुनै पनि समस्याले नया बाटो देखाउछ भन्ने कुरो गायीका सिन्धु मल्लमा लागु भएको छ। लामो समय देखि नाक को समस्या झेलिरहेकी गायीका सिन्धु मल्ल ले अब चुप लागेर नबस्ने निधो गरिन अनि आफै लेख्न थालिन आफ्नो लागि गीत। तर यो गीत लेखन भने उनको रहर वा पेशा नभएर बाध्यता थियो । नाक को दुइ पटक शल्यक्रिया (अप्रेसन ) गर्दा पनि समस्या समाधान नभए पछी अब प्राकृतिक रुपमै उपचार भैरहेको छ।न , म शब्दहरु उच्चारण गर्दा अलि असहज हुन थाले पछि गायन कार्य बन्द गरेकी गायीका मल्ल ले अब भने (न ,म) शब्द नराखेर शब्द बनाइयका गीतहरु गाउन थालेकी छिन। तर अरुको गीतमा शब्द सम्पादन गरेर गाउन सहज नभय पछि आफनै होम प्रोडक्सनको गीतहरु मा आफैले शब्द लेखेर गाउने निधो गरिन अनि तयार भयो ”देवर ज्यु को बिहे ”भन्ने गीत ,जुन गीत दर्शक श्रोताहरुले मन पनि पराइदिनु भयो जसका कारण गायीका मल्ल उत्साहित पनि भएकी छिन। अब तीज को लगत्तै गायीका मल्ल को अर्को गीत को पनि तयारि हुदैछ,त्यो गीत मा पनि न , म शब्द भने राखिएको छैन । एउटा गायीकालाई गीत गाउने अफर आउदा पनि गाउन नपाउनु को पिडा सम्बन्धित लाइ मात्र थाहा हुन्छ ,तर जे होस् जहा इछ्या त्यहा उपाए झैं भएको छ गायीका मल्ल लाइ ,गायीका मल्लको आगामी दिनहरुको गायन यात्रा सफल बनोस हाम्रो शुभकामना। गायीका सिन्धु मल्ल द्वारा गायीयको गीत को भीडियो को लिंक तल दिईएको छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *