सितापाइला यामाहा शोरुम ले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा दर-खाने कार्यक्रम राखेको छ। प्रत्येक बर्ष झैं यो बर्ष पनि उक्त कार्यक्रम राखेको यस प्रा ली का अध्यक्ष एबम समाजसेवी अमीर महर्जन ले खप्तड रैबार लाइ बताउनु भएको छ। काठमाडौँ मा मनाइने प्राय सांस्कृतिक पर्बहरुलाई आफुले आफ्नो तर्फबाट प्रोत्साहन अनि जगेर्ना गर्ने पबित्र उद्देश्यका साथ् मनाउदै आएको समेत महर्जन ले हामीलाई जानकारी दिनु भयो । सामाजिक कार्यमा बिशेष रुचि राख्ने ब्यबसायी महर्जन ले बेला बेला मा विभिन्न संघ सस्था तथा टोल सुधार अनि बिकाश समितिहरुलाई विभिन्न किसिमको सहयोग गर्दै आउनु भएको छ। कोरोना महामारीको समयमा समेत आफुले धेरै जना लाइ सहयोग गरेको तथा आगामी दिनहरुमा समाजसेवाको कार्य निरन्तर रहने कुरा पनि महर्जन ले खप्तड रैबार लाई बताउनु भयो।