अस्ट्रेलियामा आयोजना भएको २०२२ सनसाइन कोस्ट ओपन तेक्वोंदो च्याम्पियनशिप मा नेपाल का सागर गुभाजु ले गोल्ड मेडल जित्न सफल भएका छन् । आफ्नो तौल ७४ के जी तौल समूह मा प्रथम स्थान हासिल गरेका छन्। तेक्वान्दो खेलका सागर गुभाजु पनि राम्रो सम्भावना बोकेका खेलाडी हुन्।
गुभाजुले तेक्वान्दो खेलेको ११ वर्ष पुरा भैसकेको छ। राष्ट्रिय पदक : १३ वटा,अन्तर्राष्ट्रिय पदक : ५ वटा जितिसकेका छन्। गुभाजुले हाल सम्म विभिन्न देशहरुमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरिसकेका छन्। : चाइना- २ पटक, कोरिया, इनडोनेसिया मा गुभाजुले आफ्नो खेल जीवनको उत्कृष्ट खेल प्रदर्शन गरिसकेका छन्। गुभाजुले तेक्वान्दो सम्बन्धि विभिन्न कोर्षहरू गरेका छन् , जसमध्य – १ .WT level -1 अन्तर्राष्ट्रिय कोच प्रशिक्षण ,२ . राष्ट्रिय रेफ्री प्रशिक्षण, ३ .अन्तर्राष्ट्रिय अनलाइन रेफ्री प्रशिक्षण,४ .Uk साझेदारी तेक्वान्दो प्रशिक्षण, ५ – अन्तर्राष्ट्रिय तेक्वान्दो विकास प्रशिक्षण, ६ .ptp तेक्वान्दो प्रशिक्षण गरि हाल सम्म झन्डै आधा दर्जन जति उच्च स्तरका प्रशिक्षण लिसकेका छन्।गुभाजु ले आगामी दिनहरुमा पनि तेक्वोंदो मै लागेर आफ्नो तथा देशको मान सम्मान प्रतिष्ठा बढाउने प्रतिबद्दता खप्तड रैबार संग व्यक्त गरेका छन्।