निर्मला पन्त को बलात्कार पछि गरिएको हत्या को हत्यारा आज सम्म पनि पत्ता नलाग्नु को कारण के हुन सक्छ ? अनाबस्यक राजनीति वा कुनै ठुलो ओहोदाको व्यक्ति ? वा देशको सीमाक्षेत्रको फाइदा उठाएर वास्तविक हत्यारा नेपालमा नै छैन वा नेपालि नै होइन ? नेपाल प्रहरी अनुसन्धानको क्षेत्रमा सफल मानिन्छ । घटना घटेको धेरै बर्ष पछि पनि अपराधी लाइ कानूनको दायर भित्र ल्याएका थुप्रै घटनाहरु छन् । यसकारण नेपाल प्रहरीले कुनै दिन अबस्य पनि निर्मला पन्तको हत्यारालाई कानूनी कठघरामा उभ्याउने छ भन्ने झिनो आशा गर्न सकिन्छ तर ढुक्क हुने अबस्था भने छैन ।