पर्यटनको अपार सम्भावना रहेको देश नेपाल

admin


जनसंख्या र भूगोलको आधारमा कतिपय देश भन्दा सानो भएता पनि प्राकृतिक सौन्दर्यता लगाएत अन्य धेरै कुरामा नेपाल निकै समृद्द छ। हाम्रो देश नेपालको छिमेकी देशको कुल जनसंख्याको पांच प्रतिसत जनसंख्यालाई मात्र तथा विश्वभरि रहेका हिन्दु तथा बौद्द धर्माबलम्बीहरुलाई नेपालमा सहज रुपमा भित्र्याउन सक्ने हो भने नेपाल समृद्द बन्न सक्छ। संसार भरि बाट पर्यटकहरु कसरि नेपाल भित्र्याउने भन्ने कुरामा सरकारी स्तर बाट बिशेष पहल हुनु पर्छ । नेपालको संसदमा कुनै पनि दिन यस बिषयमा प्रयाप्त बहस र छलफल भएको देखिदैन । संसदमा केवल एक-अर्का लाइ आरोप-प्रत्यारोप मात्र गरेको देखिन्छ । जनताले चाहेको नेताहरु र सरकार भनेको, देशको आर्थिक उन्नतिको बहस गर्ने ,कसरि जनतालाई रोजगारी दिलाउने भन्ने बिषय मा बहस गर्ने ,कसरि देशको आर्थिक उन्नति गर्ने अनि जनतालाई समृद्द बनाउने भन्ने बारेमा बहस गर्ने चाहिएको हो। यसकारण सांसदज्युहरु अनि नेपाल सरकारको आगामी कदम ,छलफल यसै बिषयमा केन्द्रित होस् भन्ने कामना सम्पूर्ण नेपाल राष्ट्रप्रेमी नागरिकहरुको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *