राष्ट्रिय समाजसेवी जे.भि. फाउण्डेसनका अध्यक्ष प्रा. डा. श्री जगदिश बैध अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित

admin

लाई भारतकाे नयाँ दिल्लिमा आयाेजना गरिएको दिक्षान्त समाराेहमा सम्मानित गरिएको छ।जे. भि. फाउण्डेसनका केन्द्रीय अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश बैधलाई अन्तर्राष्ट्रिय साेसल अवार्ड बाट सम्मानित गरिएको हाे ।उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रा. डा. जगदिश बैधले नेपालकाे तर्फबाट सहभागी हुदै अन्य प्रतिषपर्धिहरुलाई पछि पार्दै जित्न सफल हुनु भएको थियाे ।बि. सं. २०३५ साल देखि पशुपतिनाथ काठमाडौंमा रक्तदान र बेवारिसे शब जलाउन आर्थिक सहयाेग तथा सहभागिता जनायर आरम्भ गरेको समाजसेवाले हाल आएर बृहत् रुप लिई सकेको छ ।

राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश बैधले हाल सम्म गरेकाे समाजसेवा अतुलनिय रहेकाे छ ।दैबि प्रकाेप हाेस वा अन्य बिपतमा परेकाहरुका लागि हाेस ,प्रा. डा. बैधले खुल्ला ह्रदय बाट सहयाेग गर्दै आउनु भएको छ ।हाम्राे खप्तड रैबारलाई प्राप्त जानकारि अनुसार प्रा.डा. बैधले आगामि दिनहरुमा पनि समाजसेवा लाई अझ प्रभाबकारि ढङ्ग बाट अघि बढाउने साेंच रहेकाे बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *