बहुचर्चित लोकप्रिय भर्सटायल गायीका सिन्धु मल्ल र प्रतिभावान गायक देवमान तण्डुकार को नया गीत ‘ पछ्यौरी को सप्को ‘ नक्साल को साउण्ड डिजाइन रेकोर्डिंग स्टुडियो मा हुदैछ। तेश्रो लहर को कोरोना संक्रमण, ओमिक्रोनको कारण गायक देवमान तण्डुकार संक्रमित भयका थिय। स्वास्थ्य मा सुधार भए संगै उक्त गीत को रेकोर्डिंग कार्य अघि बढाइने जानकारी गायक तण्डुकार ले ‘खप्तड रैबार’ लाइ गराय। उक्त गीत मा संगीत सुदाम थापा सक्षम सिंह थापा को रहेको छ भने शब्द सुमन बैरागी पण्डित को रहेको छ। भोला पौडेल को रेकोर्डिंग र मिक्सिंग रहने उक्त गीत मा संगीत संयोजन सुदाम थापा को रहेको छ। गायक तण्डुकार ले यस अघि ‘सक्दिन म ‘भन्ने गीत बाट नबौं म्युजिक खबर अवार्ड मा उत्कृष्ट पप गायक को अवार्ड जित्न सफल भयका थिय। यो गीत संगै गायक तण्डुकार का अन्य गीत हरु देउडा,तामांगसेलो तथा नेवारी गीत पनि आउन लागेको कुरा हामी लाइ जानकारी गरायका छन्।