पारिवारिक संस्कार ले एउटा व्यक्ति को स्वभाब झल्काउछ। यस्तै असल पारिवारिक संस्कार भएका श्रष्टा हुन् राम प्रसाद खनाल। अमेरिका मा बसोबास गर्दै आएका खनाल आफ्ना सन्तान हरु लाइ समेत असल संस्कार दिन सफल व्यक्त हुन्। सामाजिक संजाल मा प्राय देशको चिन्ता गरेर लेखिएका उनका अभिव्यक्तिहरुले बिदेशी भुमि मा तन रहे पनि मनले भने नेपाली माटो नै सम्झिरहेको स्पष्ट हुन्छ। बिदेशमा बसोबास भएता पनि उनको क्रियाकलाप बाट नेपालि कला संस्कृतिको सम्बर्धन र जगेर्ना तथा बिकाश का लागि हरपल तल्लिन भएको देखिन्छ । यसै क्रम मा हालै नेपाल आएका खनाल ले झन्डै दर्जन को हाराहारीमा नेपाली गीत संगीत रेकोर्डिंग गराउनु ले पनि उनको नेपाली संगीत प्रति को मोह माया अनि समर्पण देखिन्छ। ब्यबसायीक मात्र नभएर सामाजिक चेतना जगाउने खालका गीत हरु देखि रास्ट्रीय भाब झल्काउने गीत हरु, हरेक विधा का गीतहरु खनाल ले शृजना गरेका छन्। अन्तरास्ट्रिय कलाकार मंच अमेरिका का सस्थापक अध्यक्ष समेत रहेका खनाल ले नेपाली लोक दोहोरि क्षेत्र लाइ नया उचाइ दिनको लागि ठुलो योगदान गरेको तथ्य सबै मा अबगत छदैछ।