नारिलाइ सहनशीलता ,स्नेह र माया ममता को खानि मानिन्छ ,जीबनमा अनेकौं दुख पिडा आइपर्दा पनि सहजताका साथ् स्वीकार्न सक्ने क्षमता नारीमा हुन्छ,भनिन्छ नि भगवान को दोश्रो रुप आमा हो,यिनै आमा को पिडा बेदना र सुबेच्छा लाइ सुन्दर ढंगले गीत मार्फत प्रस्तुत गरेका छन् गीतकार आनन्द रत्न बज्राचार्य ले भने यी शब्द हरुमा संगीत रुपी प्राण भर्ने काम गरेका छन् प्रतिष्ठित संगीतकार शक्ति बल्लव ले,मनोहर सुनाम को संगीत संयोजन रहेको गीतमा निशा देसार को स्वर रहेको छ। नक्साल को साउण्ड डिजाईन स्टुडियोमा रेकोर्डिंग सम्पन्न गरेको यस गीत लाइ रेकोर्डिंग तथा मिक्सिंग भने बरिष्ठ रेकोर्डिष्ट भोला पौडेल ले गरेका छन् ।