” भोला पौडेल ”,गीत रेकोर्डिंगको क्षेत्र मा प्रख्यात नाम

admin

 

 

 

 

 

 


भोला पौडेल ,गीत संगीत को क्षेत्रमा सर्बप्रिय अनि प्रख्यात नाम हो। उनको दैनिकी गीत रेकोर्डिंग अनि मिक्सिङ्ग मै बितेको हुन्छ। पौडेल ले आफ्नो जीवनको महत्वपूर्ण लगभग तीन दशक समय संगीत क्षेत्रमै अर्पण गरेका छन्। २०५० साल देखि गीत रेकोर्डिंग को क्षेत्रमा प्रवेश गरेका पौडेल आज को मिति सम्म सोहि कार्यमा निरन्तर क्रियाशील रहेका छन्। बिक्रम सम्बत २०३१ साल बैशाख २९ गते काभ्रेपलान्चोक मा आमा गोमा पौडेल तथा बुवा शिब प्रसाद पौडेल का चौथो सन्तान को रुपमा जन्मिएका पौडेल को परिवार बसाइ सराइ संगै चंद्रपुर नगरपालिका ७ मा स्थायी बसोबास गर्न पुग्यो। सानै उमेर देखि कबिता लेखन मा रुचि राख्ने पौडेल आफुलाइ संगीत क्षेत्रमै क्रियाशील गराउन पाउदा प्रफुल्लित छन। आफ्नो सानै देखिको रुचिको क्षेत्र लाइ आफ्नो पेशा को रुपमा अङ्गाल्न पाउदा पौडेल सन्तुस्ट छन्। २०५० साल मा ,काठमाडौँ मा अध्ययन संगै जागिरको खोजीमा रहेका पौडेल त्यति बेला झनै खुशी भए जुन बेला उनले जागिरको रुपमा अल्ट्रासाउण्ड नामक स्टुडियोमा काम गर्ने अवसर पाए। उनलाई त्यस स्टुडियो सम्म पुर्याउने कार्य भने नेपाल कै पहिलो साउण्ड इञ्जिनिएर प्रदीप कुमार उपाध्याय ले गरेका थिए। सहायक रेकोर्डिंस्ट को काम पाएका पौडेल ले काम सिक्न ६ महिना पर्खनु पर्यो अनि सुरु भयो पौडेल को सानै देखि को सपना साकार गर्ने समय। आफुले सानै देखि रेडियोमा सुन्दै आएका गीत हरु का संगीतकार अनि गीतकार र गाएक गायीका हरु लाइ आफ्नै अगाडी देख्दा उहा हरु संगै काम गर्न पाउदा पौडेल लाइ सपना जस्तै लाग्ने गर्दथ्यो रे ,पौडेल भन्छन कुनै पनि काम को लागि दत्त चित्त भएर लाग्ने हो भने ढिलो चाडो अबस्य सफल भैदो रहेछ।

पौडेलको मिक्सिङ्ग को सफलताको सुरुवात भने निर्देशक कृष्ण मुरारी ढुंगेल को टेलिचलचित्र ”नरमही” को गीत बाट भएको थियो। उक्त गीत मा संगीत भने मनोहर सुनाम ज्यु को रहेको थियो। उक्त गीत को मिक्सिङ्ग सबैले मन पराइदिए पछि पौडेल ले कहिल्यै पछाडी फर्कनु परेन। गीत संगीत का प्राबिधिकहरु पर्दा अगाडी देखिदैनन तर उनीहरुको सृजनात्मक प्राबिधिक कार्यले गीत को स्वरूप राम्रो वा नराम्रो हुन्छ। कुनै पनि गीतमा मिक्सिङ्ग राम्रो भएन भने गीत राम्रो सुनिदैन यसकारण एउटा गीत मा मीठास हुनुमा प्राविधिकको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ। गाएक गायीका संगीतकार अनि गीतकार चर्चित हुनुमा मिक्सिङ्गको ठुलो भूमिका रहेको हुन्छ। यस्तो महत्वपूर्ण भूमिका भएको प्राबिधिक हरुको नाम खासै मिडिया मा नआउदा भने पौडेलको चित्त दुखाइ रहेको बताउछन। संगीत क्षेत्रमा २८ बर्ष बिताएका पौडेल लाइ सफलता को यो स्थान मा पुर्याउनु मा नेपाल कै पहिलो साउण्ड इञ्जिनिएर प्रदीप कुमार उपाध्याय ज्युको ठुलो भूमिका रहेको उनि बताउछन। त्येसैले उनि नेपाल कै पहिलो साउण्ड इञ्जिनिएर प्रदीप कुमार उपाध्यायज्यु लाइ आफ्नो गुरुबा मान्दछन। साथै सुरुका दिन हरुमा अनुपचन्द्र थासिनेकु र राजु राणा  बाट पनि धेरै प्राबिधिक कुरा हरु सिकेको उनि बताउछन। पौडेल लाइ हरेक पाइलामा हौसला दिनु हुने प्रतिष्ठित संगीतकार शम्भुजीत बास्कोटा ,दीपक जंगम,शक्ति बल्लभ ,मनोहर सुनाम ,मधु क्षेत्री ,सुबर्ण लिम्बु,स्व उदय शमशेर ,सी के रसाइली ,राजु सिंह ,सुदाम थापा लगाएत थुप्प्रै संगीतकार गीतकार एरेन्जर गाएक गायीका हरु लाइ पनि सम्झिन चाहन्छन।

संगीत क्षेत्रमा प्राबिधिक पाटो संगै पौडेल ले टेलि चलचित्र ,चलचित्र,डकुमेन्ट्री आदिमा ९७ वटा गीत हरु लेखेका तथा रेकोर्ड पनि भैसकेका छन । पौडेल ले हाल सम्म विभिन्न अवार्ड हरु पनि जितेका छन् जसमा क्यापिटल म्युजिक अवार्ड-२०७३,म्युजिक खबर म्युजिक अवार्ड-२०७४,क्यापिटल म्युजिक अवार्ड-२०७५ ,बोस्टर म्युजिक अवार्ड-२०७५ ,दोस्रो नाट्यश्वर म्युजिक अवार्ड -२०७६ ,छायाछाबी सातौं तीज म्युजिक अवार्ड २०७७ ,सातौं नेसनल क्यापिटल म्युजिक अवार्ड -२०७७ ,पावर न्युज म्युजिक अवार्ड २०७७ ,तेस्रो बोस्टर इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०७७ ,नेपाली आर्ट कल्चर एंड म्युजिक अवार्ड २०७७ सर्बोत्कृष्ट गीतकार , नबौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ प्राप्त गरिसकेका छन्। अन्तररास्ट्रीय कराते प्रतियोगीता मा २५ बर्ष संगीत क्षेत्र मा योगदान गरे बाफत प्रदेश नम्बर-२ चंद्रपुर रौतहट बाट अन्तररास्ट्रीय सम्मान प्राप्त गरेका छन्। यस्तै गरि अन्य सम्मान हरुमा ६४ औं अन्तररास्ट्रीय भन्सार दिवसको उपलक्षमा पनि गीतसंगीतको तर्फ बाट कदरपत्र प्राप्त गरिसकेका छन्। अझैं जीवन को अन्तिम घडी सम्म गीतसंगीत कै क्षेत्र मा रहने प्रतिबद्दता समेत पौडेल गर्दछन र उनि भन्दछन मेरो जीवन को अन्तिम स्वाश सम्म गीतसंगीत कै क्षेत्र मा क्रियाशील भएर बिताउने छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *