पाचौं रास्ट्रीय समाबेशी म्युजिक अवार्ड २०२२ को मनोनयन हालै सार्बजनिक भएको छ। ”नेपाली हुनुमा गर्ब गरौँ नेपाली कला र संस्कृतिको जगेर्ना ‘ भन्ने मूल आशयका साथ् हुन गैरहेको अवार्डको पाचौं संस्करण यहि चैत्र २० गते सम्पन्न हुन गैरहेको छ।
रास्ट्रीयगान,आधिनिक,लोकपप ,मैथली,थारु ,तामाङ्ग ,नेवारी, काठे,देउडा ,गजल लगाएत विभिन्न विधाहरुमा उत्कृष्ट पांच मध्ये सर्बोत्कृष्ट एक लाइ एक भब्य समारोह का बीच अवार्ड प्रदान गरिने यस कार्यक्रमका निर्देशक श्री कमला जोशीले खप्तड रैबार लाइ बताउनु भयो। संगीतका माध्यम बाट समाज मा भाइचारा को बिकाश मा टेवा पुर्याउने पबित्र उद्देश्य यस कार्यक्रम ले लिएको कुरा पनि निर्देशक जोशी ले बताउनु भएको छ। सम्पूर्ण क्षेत्र को कला र संस्कृतिलाई सम्मान गर्दै एउतै मन्चमा सहभागी गराएर सांस्कृतिक एकताको संदेश दिन खोजेको कुरा पनि निर्देशक जोशीले बताउनु भएको छ। यस अघिका संस्करण हरुमा स्रष्टा कलाकार हरुको उत्साहजनक सहभागिता रहेको र यो संस्करण मा पनि सबैको साथ् र सहयोग रहने बिश्वाश समेत निर्देशक जोशी ले हामी लाइ बताउनु भयो।