१२ बर्षको उमेर देखि तेक्वोन्दो खेल्न सुरु गरेकी चितवन -०६ कि अनुष्का भण्डारीले आफुलाई तेक्वोन्दो खेलमा समर्पित गरेकी छिन । घर परिवार बाट तेक्वोन्दो खेल्न सचेत गराउदा पनि खेल्न नछोडेकी अनुस्कालाई घरपरिवारले पनि सपोर्ट गर्यो त्यसपछि अनुष्काको हौसला झनै बढ्यो र विभिन्न प्रतियोगिताहरुमा उनले सफलता पाउदै गईन ,आफ्नो करियरको पहिलो खेल मा नै आफ्नो तौल समूह मा प्रथम स्थान प्राप्त गरेकी अनुस्काले सो प्रतियोगितामा उत्कृष्ट खेलाडी को अवार्ड समेत जित्न सफल भएकी थिईन । चार बर्षको कडा परिश्रम पश्चात अनुश्काले ब्ल्याक बेल्ट फस्ट डन प्राप्त गरिन। हाल १७ बर्ष कि अनुष्काको लक्ष्य प्रतियोगितामाहरु जित्ने रहेको छ र त्यसै अनुरुप उनले आफ्नो परिश्रम जारि राखेकी छिन।