भजन-शिरोमणि सुरसम्राट भक्तराज आचार्य ज्युको नाम बाट स्थापना गरिएको,”’भक्तराज आचार्य रास्ट्रीय संगीत सम्मान सम्पन्न”’

admin

 

 

 

 

 

 


भजन-शिरोमणि सुरसम्राट भक्तराज आचार्य ज्युको नाम बाट स्थापना गरिएको यो सम्मान को निरन्तरता स्वरूप यस बर्षको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८’ एक भब्य अनि शभ्य कार्यक्रमका बीच सम्पन्न भएको छ। प्रत्येक बर्ष आयोजना हुदै आएको यो कार्यक्रम मा यस बर्ष देखि एउटा नया शिर्षक पनि थपिएको छ। भजन-शिरोमणि सुरसम्राट भक्तराज आचार्य ज्युको धर्मपत्नीको नामबाट सुरु गरिएको यस सम्मान को शिर्षक भने ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’ राखिएको छ। यो सम्मान  यस बर्ष वाद्यवादक रुपेश सिंहलाई प्रदान गरिएको छ। नगद रु २५ हजार १ प्रदान गरिएको यो सम्मान आगामी दिनहरुमा समेत निरन्तर रहने कुरा बरिष्ठ गाएक एबम संगीतकार दाजुभाई द्वय सत्यराज आचार्य तथा स्वरूपराज आचार्य ज्यु ले यस खप्तड रैबार लाइ बताउनु भयो। । कला क्षेत्रमा निरन्तर क्रियाशील संगीतकर्मीहरु मध्ये यदि कोहि अस्वस्थ हुनु भयो भने यो सम्मानले वहाहरुको पिडा लाइ केहि हद सम्म मलहम लगाउने हाम्रो प्रयास भएको पनि आचार्य दाजुभाई ले हामि लाइ बताउनु भयो।
संगीतकार शुभबहादुर सुनाम र गायिका तीर्थ कुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८’ प्रदान गरिएको थियो । संगीतकार शुभबहादुर सुनामज्यु ले जहा छन् बुद्धका आँखा बोलको गीत लाइ आफ्नो सेक्सोफोन का मध्यम बाट सुमधुर ढंगले प्रस्तुत गर्दा उपस्थित सबै मन्त्रमुग्ध भएका थिए। गायक सुरज थापाले ‘म त खाँदिन कुवाको पानी’ भन्ने गीत गाएर प्रतिष्ठित गायीका तिर्थ कुमारी थापा ज्यु लाइ सम्मान प्रकट गर्नु भएको थियो भने विपिन सागर घिमिरे ज्युले भजन-शिरोमणि सुरसम्राट भक्तराज आचार्य ज्युको ‘मुटु जलिरहेछ’बोलको गीत गाएर सम्मान अर्पण गर्नु भएको थियो। भजन-शिरोमणि सुरसम्राट भक्तराज आचार्य ज्युको नाम बाट स्थापित यस सम्मान कार्यक्रमलाई सिटी एक्सप्रेसले प्रायोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *