सहमतिमा टुंगियो हेटौडा अस्पतालको बिबाद

admin

लगभग ७ दिन पछि आएर हेटौडामा भैरहेको सर्बपक्षीय आन्दोलन ले एउटा निकाश पाएको छ। हेटौडा का युबाहरुले गठन गरेको ‘सार्बजनिक सेवा सुबिधा संघर्ष समिति ‘ र मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान बीच १५ बुंदे सहमति भएको छ ,बिस्तृत विवरण समेतको हस्ताक्षर गरिएको सहमतिपत्र यहा प्रस्तुत गरिएको छ। मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका तर्फ बाट राजेश प्रसाई अध्यक्ष /रजिस्टार ,डाक्टर राम चन्द्र सापकोटा ,उत्सब चौलागाईं ब्यबस्थापन समीति सदस्य तथा हिरा लामा ब्यबस्थापन समीति सदस्य र संघर्ष समितिका तर्फ बाट दिपेन्द्र चन्द ठकुरी ,दिनेश लामा वाइबा ,रामसरण कार्की ,कृष्ण राज कोइराला,किशोर अर्याल ,रमेश ठकुरी,बिरेन्द्र श्रेष्ठ ,शिब थापा ,बिबेक शाह ले सहमतिपत्र मा हस्ताक्षर गर्नु भएको थियो। संगर्ष समितिका युबा दिपेंद्रचंद ठकुरीका अनुसार १०-4 बजे भित्र आफुहरुले नियमित रुपमा अस्पतालको निरीक्षण तथा बिरामीहरुलाई सहयोग गर्ने र अस्पताल लाइ पनि आवस्यकता अनुसारको सहयोग गरेर हेटौडा मा स्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य मा हातेमालो गर्ने बताएका छन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *