सरकारी अस्पतालमा डाक्टरको लापरवाही ,प्रसासन मौन,हेटौडा मा जागे युवाहरु।

admin


देशका विभिन्न जिल्लाहरुमा सरकारी अस्पतालको गैरजिम्मेवारी क्रियाकलापको पर्दाफास हुन थालेको छ। केहि दिन अघि मात्र डडेल्धुराको सरकारी अस्पतालको लापरबाही को बिरोध तथा जन-आक्रोस सामाजिक संजाल मा खुबै देखियो। डडेल्धुराका नागरिकहरुले पुरानो टीम अस्पतालले दिएको गुणस्तरीय सेवा लाइ पनि सम्झियको कुरा सामाजिक संजाल बाट स्पष्ट देख्न सकिन्थ्यो। तर आज यहा प्रसंग मकवानपुर
हेटौडाको रहेको छ। मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान ,हेटौडा अस्पताललाइ शिक्षण अस्पताल बनाउने झुठो आश्वासन मात्र दियको प्रति हेटौडाका युबाहरुले चर्को बिरोध गर्न सुरु गरेका छन्। हेटौडा अस्पताल को फार्मेसी मा निशुल्क पाउने औसधि हरु पनि पाउन छोडेको तथा बिरामीहरुलाई सेवा दिनु पर्ने समयमा अस्पतालका डाक्टर तथा नर्स अनि अन्य कर्मचारीहरु मोबाइलमा व्यस्त हुने गरेको र उपचार गराउन आएका बिरामीहरुलाई राम्रो ब्यबहार समेत नगरेको प्रति स्थानीय नागरिकहरुले आक्रोस पोखेका छन्। हेटौडाका युबाहरुले अस्पतालको गेटको अगाडी धर्ना कार्यक्रम गरिरहेका छन्। नागरिकहरुको मौलिक हक बाट बन्चित गराइएको भन्ने गुनासो पनि हेटौडाका युबाहरुले पोखेका छन्। आफ्नो उद्देश्य भनेको नागरिकहरुले स्तरिय स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने मात्र रहेको र कुनै पनि दवाब वा अन्य स्वार्थका लागि नभएको पनि हेटौडाका युबा दिपेन्द्र चन्द ठकुरीले खप्तड रैबार लाइ बताएका छन्। यदि हेटौडाका नागरिकहरुको मागलाई सरकारले सम्बोधन गरेन भने आगामी कदम कडा हुन सक्ने चेतावनी पनि हेटौडा का युवाहरुले दिएका छन्। हेटौडाका नागरिकहरुले अस्पतालमा टिकट पाउन समेत निकै कठिन भएको र सौचालय त झनै खराब अबस्था मा रहेको पनि युबा दिपेन्द्र चन्द ठकुरी ले खप्तड रैबार लाइ दिएका छन्। अस्पताल प्रसासन ले समेत बिरामी लाइ समयमै सेवा नदिएर दुख्ख दिएको समेत युबा ठकुरीले हामीलाई जानकारी दिए। सरकारले सितैमा दिने निर्णय गरेको औसधि अस्पताल ले बाहिर किन्नु पर्ने बाध्यात्मक अवस्था बनाएको पनि युबा ठकुरीले गुनासो गरेका छन्। डाक्टरहरु सरकारी अस्पतालमा नभै प्राइबेट क्लिनिकहरुमा बढी समय दिने गरेको प्रति युबा ठकुरीले आक्रोस पोखेका छन्। युबा ठकुरी ले यो बिषय उठान गरेकोमा दिनेश लामालाइ बिशेष धन्यबाद पनि दिनु भयो ।हेटौडाका नागरिकहरुको हितका निमिति आवाज उठाउदा आफुलाई केहि बिचौलिया तथा केहि नेताहरुले प्रेसर तथा धम्कि दिएको तर उक्त प्रेसर र धम्किले हेटौडा का युबा हरुको आवाजलाई थिच्न नसक्ने समेत युवा दिपेन्द्र चन्द ठकुरीले खप्तड रैबार लाइ दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *