हेटौडा का युबाहरुको नरोकिने यात्रा सुरु भयो ,

admin

 


सरकारले गर्नु पर्ने बिकाश का कार्यहरुमा चासो नदिए पछी हेटौडाका युबाहरुले सरकारलाई ब्युझाउने उद्देश्य ले सरकार ले गर्नु पर्ने भौतिक निर्माण को कामहरु आफ्नै लगानीमा गर्न सुरु गरेका। हेटौडा अस्पताल को आन्दोलन पछि जनताको मन जित्न सफल भएका हेटौडा का युबाहरु लाइ जनताले आफ्ना समस्याहरु एक पछि अर्को गर्दै सुनाउन थालेका छन्।

अधिकांश सरकारी कार्यालयहरुको बारेमा जनगुनासो बढेको र आफुहरु लाई जनताले उक्त गुनासो सुनाएको र समाधान का लागि पहल गरिदिन आग्रह गरेको ‘सार्बजनिक सेवा सुबिधा संघर्ष समिति ‘का सदस्य दिपेन्द्र चन्द ठकुरीले खप्तड रैबार लाइ बताउनु भयो। ‘सार्बजनिक सेवा सुबिधा संघर्ष समिति ‘का तर्फ बाट दिपेन्द्र चन्द ठकुरी ,दिनेश लामा वाइबा ,रामसरण कार्की ,कृष्ण राज कोइराला,किशोर अर्याल ,रमेश ठकुरी,बिरेन्द्र श्रेष्ठ ,शिब थापा ,बिबेक शाहहरुले सडकमा उत्रिएर बसपार्क मा रहेका खाल्डखुल्डीहरु पुरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *