आर्या एकेडेमीले आयोजना गरेको प्रथम जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता २०७९-०३ -११ गते भव्यताका साथ् सम्पन्न भएको छ। नागार्जुन नगरपालिका का मेयर को कार्य व्यस्तताका कारण उप मेयर सुशिला अधिकारि ज्यु को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।उक्त प्रतियोगिता का बारेमा बोल्दै उप मेयरज्युले आयोजकलाई धन्यबाद तथा प्रतियोगी अरुलाई बधाई दिनु भएको थियो। नेपाली कान्ग्रेस काठमाडौँ जिल्ला समन्वय समितिका संयोजक तथा नेपाल तेक्वान्दो संघ का केन्द्रिय सदस्य सन्तोष बुढाथोकी ज्युले पनि प्रतियोगिताका मा बोल्दै आफु र आफ्नो पार्टी को तर्फ बाट शुभकामना तथा बधाई दिनु भएको थियो ,त्येस्तै वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मीराम शर्माज्यु ले पनि शुभकामना तथा बधाई दिनु भएको थियो।
ओलम्पियन संगीना बैद्य ज्युले यस प्रकार का प्रतियोगिताहरु बाट नया खेलाडीहरुले अवसर पाउनु का साथै खेलाडीको आत्मबल पनि बढ्ने बताउनु भयो ,प्रतियोगिताको बारेमा सितापाइला दोजांग का प्रमुख तथा नेपाल तेक्वान्दो संघ का केन्द्रिय सदस्य बब्लु सीवाकोटि ज्यु ले प्रकाश पार्नु भएको थियो। कार्यक्रमको सभापतित्व आर्या एकेडेमी का प्रिन्सिपल दुर्गा प्रसाद गौतमज्युले गर्नु भयेको थियो। भिडियो को लिंक तल दिईएको छ ,