नेपाली संगीत क्षेत्रमा आफ्नो अलग्गै परिचय बनाएका गायक प्रकाश रेग्मी शान्तिनगर गाउँपालिका-४ दाङ्ग मा जन्मिएका थिए। आमा सरस्वति रेग्मी तथा बुवा डिल्लीराज रेग्मी का जेष्ठ सुपुत्र रेग्मी झन्डै दुइ दशक देखि संगीत-क्षेत्रमा क्रियाशील रहेका छन्। रेग्मी का भाइ नरेश रेग्मी पनि एक राम्रो कलाकार हुन्। भाइ नरेश रेग्मी गायन बाहेक अभिनय र गीतहरु मा मोडेलिंग पनि गर्दछन। हाल अस्ट्रेलियामा रहेका रेग्मी को पनि बेला बेला मा गीतहरु आइरहेको हुन्छ। तर यहा कुरो गायक प्रकाश रेग्मी को रहेको छ। हालै केहि दिन अघि मात्र गायक प्रकाश रेग्मी को नया गीत ”शिरको फुल शिरैमा ”एन आर क्रियसन बाट रिलिज भएको छ। उक्त गीतमा शब्द- राम अबिरल बिष्ट को संगीत- एस डि योगीको रहेको छ भने गायनमा भने रेश्मा पुनले साथ् दिएकी छिन। गायक रेग्मी हाल सम्म यूरोप ,अस्ट्रेलिया ,लागएत धेरै देशहरुमा सांगीतिक भ्रमण गरिसकेका छन्। दर्जनौ सफल गीतहरु ल्याइसकेका रेग्मी थोरै तर स्तरिय गीत गाउन रुचाउने गायकमा पर्नु हुन्छ। दर्जनौं सम्म तथा अवार्ड पाइसकेका रेग्मी को निकट भविष्यमा अस्ट्रेलियामा एकल सांगीतिक कार्यक्रम पनि हुदैछ । गायक रेग्मी को हालै रिलिज भएको गीतको भिडियोको लिंक तल दिईएको छ ,