नेपाली सांगितिक आकाशमा उडान भर्न आफ्नाे सुमधुर आवाजरुपि पंख फिजाउदै गरेका नवप्रतिभावान गायक हुन आयुष्मान बिष्ट,गीति एल्वम* मेराे कलिलाे मन* बाट नेपाली सांगितिक आकाशमा आफ्नाे दह्राे उपस्थिति जनाउनका निमित्त ७ वटा सुमधुर गितहरुकाे
गीति एल्वम यहि असार १७ गते ,राष्ट्रिय नाचघर जमलमा आफ्नाे प्रत्यक्ष गायन समेत प्रस्तुत गर्ने तयारिका साथ जुटेका छन नवगायक आयुष्मान बिष्ट ।२०६१ साल मंसिर १७ गते आमा पुष्पान्जलि थापा बिष्ट तथा विशाल बिष्ट काे सन्तानकाे रुपमा जन्मियका
नवगायक बिष्ट ले जेम्स स्कुलबाट एसइइ तथा आइडियल माेडेल स्कुल धाेविघाट बाट १२ पास गरेका छन ।
सङ्गीत र खेलकुद भनेपछि हुरुक्कै हुने र अत्यन्तै रमाउने स्वभावका नवगायक बिष्ट काे लगनशिलता देखेरै उनका माता पिताले पनि उनलाई सङ्गीत क्षेत्रमा जानकाे लागि पूरा साथ दिएकाे गायक बिष्टका मामा माेहित मर्दन थापाले हाम्राे खप्तड रैबारलाइ बताउनु भयाे ।
अमर स्रष्टा आदरणिय जगत मर्दन थापाका नाति नवगायक बिष्टकाे लगनशिलता हेर्दा उनी भविष्यमा एक सफल गायक बन्न सक्ने सम्भावना रहेकाे कुरा यश गीति एल्वम मेराे कलिलाे मन का सङ्गितकार हरुले पनि हामिलाइ बताउनु भएकाे छ ।
यश गीति एल्वममा सङ्गितकारहरु क्रमशः प्रभुराज ढकाल,सन्जिब सिह,मदन सिह,ज्याेतिचन्द्र शाह,वसन्त सापकाेटा,सनिल सिह,नमराज नकर्मि, रहनु भएको छ भने गितकार तर्फ जगत मर्दन थापा,सन्जिब सिह,माेहित मर्दन थापा,कुशल कुमार, रहनु भएको छ ।
याे गिति एल्वम विशाल बिष्टकाे प्रस्तुति तथा पुष्पान्जलि थापा बिष्ट काे निर्माण रहेकाे छ भने यश एल्वमकाे बजार ब्यबस्थापन भने भकारि म्युजिक डेभलपमेन्ट प्रा. लि. ले गरेकाे छ ।नवगायक बिष्टकाे भिडियाे अन्तबार्ता यश खप्तड रैबार अनलाइन मिडियाकाे
युट्युब च्यानलमा शिघ्र प्रशारण हुदैछ ।नवगायक आयुस्मान बिष्ट काे उज्वल भविष्य मङ्गलमय शुभकामना हाम्राे तर्फबाट पनि ।