तेक्वान्दोका सफल खेलाडीहरु सन्दिपा अमगाइ,शैलेश गिरि र सागर गुभाजु

admin

 

 

 

 

 

 

 

चन्द्रागिरि वडा 9 मा बसोबास गर्ने सन्दिपा अमगाइ तेक्वान्दो खेलको एक सफल अनि आश लाग्दो खेलाडी हुन् ।2007 देखी तेक्वान्दो खेल सुरु गरेकि अमगाईले र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पदक ३० भन्दा बढी जितिसकेकी छिन भने अमेरिका २ पटक तथा जापान , मलेसिया ,स्पने , भियतनाम मा पुगेर अन्तर्राष्ट्रिय खेल समेत खेलिसकेकी छिन। मास्टर कोर्स ,राष्ट्रिय रेफ्री पाठ्यक्रम
र अन्तर्राष्ट्रिय kyorogy र poomsae रेफ्री कोर्स, WT PTP प्रशिक्षण ,5 औं पटक अन्तर्राष्ट्रिय प्रशिक्षक पाठ्यक्रम WT व्यापार र प्रविधि
पाठ्यक्रम WT Poomsae प्रशिक्षण सेमिनार, WT आत्मरक्षा पाठ्यक्रम आदि जुनियर र क्याडिट एसियन च्याम्पियनसिपमा आधिकारिक प्रशिक्षण समेत लिएकी छिन। कुशल खेलाडी संदिपा अमगाई तेक्वान्दोको तेश्रो डान समेत हुन्। मासिक लाखौँ आयश्रोत भएकी सन्दिपा अमगाइ विभिन्न डोजाङ्गहरुमा प्रशिक्षक समेत रहेकी छिन।

तेक्वान्दो खेलका सागर गुभाजु पनि राम्रो सम्भावना बोकेका खेलाडी हुन्। गुभाजुले तेक्वान्दो खेलेको ११ वर्ष पुरा भैसकेको छ। राष्ट्रिय पदक : १३ वटा,अन्तर्राष्ट्रिय पदक : ५ वटा जितिसकेका छन्। गुभाजुले हाल सम्म विभिन्न देशहरुमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरिसकेका छन्। : चाइना- २ पटक, कोरिया, इनडोनेसिया मा गुभाजुले आफ्नो खेल जीवनको उत्कृष्ट खेल प्रदर्शन गरिसकेका छन्। तेक्वान्दोका ३ डान रहेका गुभाजु को मासिक आयश्रोत लाखौं मा रहेको छ। गुभाजुले तेक्वान्दो सम्बन्धि विभिन्न कोर्षहरू गरेका छन् , जसमध्य – १ .WT level -1 अन्तर्राष्ट्रिय कोच प्रशिक्षण ,२ . राष्ट्रिय रेफ्री प्रशिक्षण, ३ .अन्तर्राष्ट्रिय अनलाइन रेफ्री प्रशिक्षण,४ .Uk साझेदारी तेक्वान्दो प्रशिक्षण, ५ – अन्तर्राष्ट्रिय तेक्वान्दो विकास प्रशिक्षण, ६ .ptp तेक्वान्दो प्रशिक्षण गरि हाल सम्म झन्डै आधा दर्जन जति उच्च स्तरका प्रशिक्षण लिसकेका छन्।

तेक्वान्दो खेलको अर्को आश लाग्दो खेलाडीको नाम हो शैलेश गिरि। २००८ बाट खेल जीवन सुरु गरेका गिरीले विभिन्न रास्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु मा ४० वटा भन्दा बढी मेडल जितिसकेका छन्। क्यानाडा ,मकाउ ,ट्युनेसिया र अस्ट्रेलिया मा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरिसकेका छन्। तेक्वान्दोका चौथो डान रहेका गिरीले दर्जनौ रास्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्लोज क्याम्पहरुमा प्रशिक्षण लिसकेका छन्। अन्तरास्ट्रिय संग्रोक बिश्वो तेक्वान्दोमा प्रशिक्षण समेत लिसकेका गिरीले २०२२ मा रास्ट्रिय रेफ्रीको प्रशिक्षण लिसकेका छन्। क्यानाडा तथा ट्युनेसियामा गरि दुइ पटक युबा ओलम्पिक मा क्वालिफाइड गरिसकेका गिरि हाल सितापाइला तेक्वान्दो डोजाङ्गमा सहायक तथा आर्या एकेडेमी मा प्रमुख प्रशिक्षण समेत रहेका छन्। मासिक लाखौँ आयश्रोत भएका गिरि पनि तेक्वान्दो खेलका सफल खेलाडी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *