सबै भन्दा बढी रास्ट्रियगीत गाउने गायक -सुमित खड्का

admin

 

 

 

 

नेपाली सांगीतिक क्षेत्रमा झन्डै तीन दशक देखि सक्रिय रुपमा गायनकला मार्फत आफुलाई प्रमाणित गरिसकेका कुशल गायक हुन् सुमित खड्का । नेपालमा सबैभन्दा धेरै राष्ट्रिय गितहरु गाएर आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक खडका को रास्ट्रिय गीतहरुको एकल सांगीतिक कार्यक्रम ”देशको आवाज – ३ ”नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा मिति २०७९ भदौ ३१ गते शुक्रबार समय दिनको २ बजे देखि आरम्भ हुने भएको छ ।

पुर्व राष्ट्रपति रामबरण यादव ज्युले प्रमुख अतिथिको रूपमा उदघाटन गर्नुहुने उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बिराटनगर उप-महानगरपालिकाका निवर्तमान नगरप्रमुख भिम पराजुली ज्युको अध्यक्षता रहने छ ।स्पार्क एडभरटाइजिङको आयोजना तथा मोरङ समाज काठमाडौंको प्रवर्धनमा हुने उक्त कार्यक्रममा बरिष्ठ गायक खड्काले १८ वटा लोकप्रिय रास्ट्रिय गीतहरु प्रस्तुत गर्ने छन् । उक्त कार्यक्रममा बरिष्ठ गायीका प्राश्ना शाक्यले पनि युगल गायनमा साथ् दिनेछिन । चलचित्र पाश्र्व गायन तथा आधुनिक गायनमा समेत सक्रिय रुपमा रहदै आएका गायक सुमित खड्काले प्रत्यक्ष वाद्यवादनसहितको एकल प्रस्तुति दिने भएका छन् ।सो कार्यक्रममा एकल गायन सुमित खड्का ,एकल सङ्गीत सक्ति बल्लव,१५ गीतकार दुइ एरेन्जर-मनाेहर सुनाम ,निरज श्रेष्ठ र एकल रेकर्डिङ ,मिक्सिङ मास्टरिङ भोला पौडेल रहेको एल्बमको बिमोचन पनि हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *