संगीतकार संघ नेपालले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न संगीतकर्मीहरु लाइ सम्मान प्रदान गरेको छ। बिजया-दशमी २०७९ को पावन अवसरमा संगीत-क्षेत्रमा योगदान पुर्याउनु हुने विभिन्न स्रष्टा ज्युहरुलाइ चलचित्र बिकाश बोर्ड को हलमा आयोजित उक्त कार्यक्रममा
प्रमुख अतिथि युबा तथा खेलकुद मन्त्रि महेश्वरजंग गहतराज रहनु भएको थियो । मन्त्रि गहतराजले कलाकार र खेलाडीहरुले राष्ट्रलाई एकतामा बधिराख्ने मात्र नभई राष्ट्रलाइ विश्व सामु परिचित समेत गराउने माध्यम भएको बताउनु भयो। स्रष्टा कलाकार तथा खेलाडीहरु सम्बन्धित क्षेत्रका बिज्ञहरु द्वारा गठित संस्थाहरु बाट सम्मान वा पुरस्कृत हुनु भनेको सबै भन्दा महत्वपुर्ण कुरो रहेको बताउनु भयो।
उक्त सम्मान कार्यक्रममा भजन शिरोमणि प्रतिष्ठित गायक भक्तराज आचार्य, प्रतिष्ठित नृत्य निर्देशक भैरवबहादुर थापा, प्रतिष्ठित गीतकार किरण खरेल, प्रतिष्ठित लोकगायक कुमार बस्नेत, प्रतिष्ठित सङ्गीतकार शम्भुजित बाँस्कोटा, प्रतिष्ठित गीतकार भोला रिजाल र प्रतिष्ठित फिल्म निर्माता युवराज लामालाई प्रतिष्ठित स्रष्टा सम्मान प्रदान गरिएको थियो ।सोहि सम्मान कार्यक्रममा प्रतिष्ठित सङ्गीतकार भुपेन्द्र रायमाझी,प्रतिष्ठित गीतकार प्रमोद ढुङ्गाना, प्रतिष्ठित गायक तथा निर्देशक नारायण रायमाझी,देउडा सम्राट तथा प्रतिष्ठित गायक नन्दकृष्ण जोशी, प्रतिष्ठित नृत्य निर्देशक कमल राईलाई विशिष्ठ सम्मान प्रदान गरिएको थियो ।
यसैगरी शाश्त्रिय संगीतका प्रतिष्ठित गुरु चन्दन श्रेष्ठलाई गुरूश्री सङ्गीत सम्मान तथा शिवबहादुर सुनाम स्मृति नागरत्न सङ्गीत पुरस्कार २०७९ भने बिशिष्ठ सङ्गीतकार अमुल कार्की ढलीलाई प्रदान गरियो । उहाहरुलाई रु २५ हजार रुपैयाँ तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सोहि अवसरमा संगीत बिकाश बोर्ड को आवस्यकता र महत्व बारे प्रतिष्ठित संगीतकार बास्कोटाले जोडदार रुपमा माग गर्नु भएको थियो। संगीतकार संघ नेपाल का अध्यक्ष तथा बरिष्ठ संगीतकार श्री चेतन सापकोटाले स्रष्टाको बौद्दिक सम्पत्ति को मौलिक हक संरक्षण र सम्मानजनक सहभागिताका लागि तथा आर्थिक अधिकारका लागि रोयल्टी संकलन समाज को महत्व र आवस्यकता बारे बिशेष जोड का साथ प्रस्ट्याउनु भयो।