भोलिको यथार्थ ..

admin
भोलिको यथार्थ ..✍️❤️🥺
रुूझेको बिरालो जसरी
दुई हात जोड्दै
भिक माग्दै
आकासका फल झार्ने आसामा
देस बिकास गर्ने मुल नारामा
शिरको टोपी
सरक्क्क सार्दै
कमिजका ककर मिलाउँदै
म छु है भन्दै
हात हल्लाउँदै गएको मान्छे
अहँ
फर्किएर आएन !
भत्किएको घर
चर्किएको आँगन
पत्पतिएको छाति
खप्दै,सहदै अनेक सास्ती
चलिरहेको जीवन।।
पिडाका घाउहरू
न त पुरिए
आसाका दीपहरु
उज्यालो छर्दै न आए
उस्तै छन् वस्तीहरु
व्यथाहरु झन बल्झिदै गए
उस्तै छन् रोग ,भोग शोकहरु
अहँ
आँखाका आँसु कहिल्यैँ ओभाएन
अचानक
फेरि याद आएछ क्यारे!
कालो कोट,कालो चस्मा
पाउमा कालै जुत्ता टल्काउँदै
कता हरायो भनी बिचलन हामी
उ त आफ्नै विकासमा पो रहेछ।
झुप्रोबाट महल खडा गरेछ
साइकल चढ्ने मान्छे कार चढ्न थालेछ
यो भन्दा बिकास के चाहियो र???
झुपडीमा हुर्कीएको गरिबको चेलो रे!
झुपडीले झुपडीकै मर्म बुज्छ रे !
देशमा विकासको बाढी ल्याउँछ रे
सायद यस्तो सोच्नु
घिउसँग मनको लड्डु खानु झै थियो…..!????।।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *