संसार कै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको अन्तिम चरण मा भाग लिन मिस नेपाल इन्टरनेसनल हुन सफल न्यान्सी खड्का मङ्सिर १३ गते मंगलबार जापानतर्फ प्रस्थान गरेकी छन् ।
जापानको टोकियोमा झन्डै दुई सातापछि हुने फिनालेमा नेपाल को तर्फबाट सहभागी हुन का लागि न्यान्सी खड्का नेपाल वायुसेवा निगमको जहाजबाट जापानको टोकियोतर्फ प्रस्थान गरेकी हुन् । चर्चित gaayak सुमित खड्का कि सुपुत्री न्यान्सी खड्का लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल आयोजक द हिडन ट्रेजरका पदाधिकारीले शुभकामनासहित बिदाइ गरेका थिए ।न्यान्सी खड्का संग मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री पनि जापानको टोकियोतर्फ प्रस्थान गरेका छन्। नेपाल समेत गरि करिब ६८ मुलुकका सुन्दरीले उक्त प्रतियोगिता मा प्रतिस्पर्धा गर्नेछन् ।उक्त प्रतियोगिता डिसेम्बर १३ मा टोकियोमा ६०औं संस्करणका रुपमा संचालन हुनेछ।