काकीको गुनासो…कवियत्री रंजनाको अर्को मन छुने रचना

admin

कवियत्री रंजनाको अर्को मन छुने रचना

म कहिल्यै रुदिन नि

आँशु कहिल्यै झर्दैनन् नि

प्रहारिला ,नमिठा शब्दहरू

मेरा साहस हुन नि

जीन्दगीले दिएका नमिठा चोट

अनि घाउहरू

यी सबै मेरा साथीहरु हुन् नि

नौ महिना गर्वमा बोकेको सन्तान त

आफ्नो हुदैन भने

अरु कसलाई अविश्वास गर्नु रे!

घरदेखि वनसम्मका अनेक सास्ती

मुटु,कलेजो ठानेका सबै

यो मायाको भन्डार

कसलाई घृणा गर्नु रे क्या

कतिका तिखा बचन ,कतिका रुक्ष व्यबहार

कति आनन्द लाग्छ सुन्दा र बेहोर्दा रे

झन चुनौतीलाई सामना गर्ने साहस मिल्छ रे!

महंगिएको जमाना

महंगीले आकास चुमे पनि

घरको चुलो नबले पनि

मनको भन्डार त रित्तिदैन रे

खाली खुट्टा पनि गन्तव्य भेट्ने पाइला भए

संसार जित्न सकिन्छ रे !

अपमान नै सबैभन्दा ठुलो इज्जत हो रे

किनकी अपमान गर्ने मान्छे दोषी होइन रे

सहने मान्छे नै अपराधी हो रे!

झुक सबैसंग रे !चाहे त्यो दुष्मन नै किन नहोस्

झुके मूर्खलाई पनि सही पाठ दिन सकिन्छ रे!

बलिरहेको एउटा बत्तीबाट हजार बत्ती बाल्न सकिन्छ भने

यसको लागि कन्जुस्याइँ किन रे!

Leave a Reply

Your email address will not be published. Required fields are marked *