नेपालि कांग्रेस को संसदिय दलको नेतामा पुनः पार्टी सभापति शेर बहादुर देउबा नै निर्बाचित भएका छन् तर यो संसदिय दलको निर्बाचन संगै नेपालि कांग्रेसले भाबी नेता पनि पाएको छ। नेपालि कांग्रेस भित्र का लोकप्रिय नेता गगन थापा को यो कदम के अन्य पार्टीका थापा कै पुस्ताहरुले पनि अबलम्बन गर्ने आँट गर्लान त ? देश को अर्थतन्त्र धरासायी हुदै गरेको अबस्थामा पुनः पुरानै अनुहारहरुले सरकार चलाउदा देशको अर्थतन्त्र मा सुधार आउला वा झनै नराम्रो अबस्था आउला ,त्यो भने भबिस्यका दिनहरुमा देखिने नै छ।