सुदुरपश्चिम को कला र संस्कृतिमा अतुलनीय योगदान दियका श्रष्टा कलाकार हुन् भोजराज भट्ट। भोजराज भट्ट को नाम लिने बितिक्कै उनका दर्जनौ गीतहरु हामीहरु सम्झिन्छौँ। जौ पात,पैयाँ गुडन लागे ,काफल पाकेका बन ,काट कटालैको सेरो ,पानि पर्यो टीनमा बम्बैका चारतले घर ,मेरी भान्मता कोइ नालाया आँखो ,गायक भट्ट ले सृजना गरेका एबम गायका प्राय सबै गीतहरु सफल छन् । केहि समयको अन्तरालमा उनै लोकप्रिय गाएक भट्ट को नया गीत” मेरो प्यारो डडेल्धुरा ” शिघ्र यहाहरुका लागि लियर आउदै छन्।यस गीत मा गाएक भट्टलाइ महिला गायन मा साथ् दियकि छिन दीपा रोकाया ले भने यस गीतको शब्द संगीत रहेको छ भानुभक्त जोशी भने यस गीतमा संगीत संयोजन केशब बडुको रहेको छ , बिग परिवेश स्टुडियोमा यस गीत लाइ रेकोर्डिंग गरिएको थियो। भिम थापा को निर्देशन मा तयार भएको यस गीतको छायांकन तथा सम्पादन अमन बडुको रहेको छ। यस गीतको पोस्ट प्रोडक्सन को काम पनि बिग परिवेश स्टुडियोमा नै गरिएको छ। यो गीतको म्युजिक भिडियो शिघ्र ”’भोजराज भट्ट”’ युटुब च्यानल बाट प्रसारण गरिने छ।