कवियत्री रन्जना को ”’आफूले रोपेको बिज”’

admin

 

 

आफूले रोपेको बिज

फक्रिएर फूल हुन नपाउँदै

कोपिलामै अनगिन्ती सपना

बड्न चाहन्छ,फक्रिन चाहन्छ

अनि सुशोभित हुन चाहन्छ!

कति प्यारो छ ,

कति सुगन्धित छ

कयौ बारुदले दिएका

अनगिन्ती घाउ बिसाउने

कति शसक्त छ ,

हेरेर तिमीलाई मुस्कुराउने

तिम्रो सुगन्धित बास्नाले

पिडा भुलाउने

तिम्रो रहस्यमय जादु

लाग्छ तिमीभित्रै

संसार डुल्न सकूँ!

टिप्न हतारिन्छन् कति

चुडाल्न अनेकौँको प्रयास

तर नआत्तिनु है तिमी

तिम्रो सुभाष छरपस्टिएको छ।

रुपलावण्यवती सबै तिम्रो सामु फिका!

तिमीलाई शिरमा सिउरेर

तिम्रो मधुर बासना सुँघेर

मग्न धेरै छन् ।

संसार अनि यस कलियुगकका

मनुष्यहरु..

चुडाल्न खोज्लान् है!

बिथोल्न हतारिएलान्

तर तिमी

न त आगोले सल्किनेछौ

न त हुरीले निभ्नेछौ।

बारुदको गोली भन्दापनि

कति कडा ..

तिम्रो अपरम्पार लिला!

पिडाको रापले छट्पटी भाका

ती मनहरुमा

फूलिरहनु है

शितलताको वर्षात्

यसरी नै तिमी

छरीरहनु है!

Leave a Reply

Your email address will not be published. Required fields are marked *