तेक्वोन्दोमा समर्पित बब्लु सिवाकोटी

admin


सितापाइला तेक्वोन्दो डोजांगका संचालक तथा प्रमुख प्रशिक्षक एवं नेपाल तेक्वोन्दोसंघका केन्द्रिय सदस्य समेत रहनुभएका तेक्वोन्दोका पाँचौं डान बब्लु सिवाकोटी नेपालको तेक्वोन्दो को बिकाश एवम क्षमतावान खेलाडी उत्पादन का लागि निरन्तर लागिरहनु भएको छ। तेक्वोन्दोका रास्ट्रीय तथा अन्तरराष्ट्रिय बिभिन्न प्रतियोगिताहरुमा स्वर्ण ,रजत तथा कास्य गरि पटकौं मेडलहरु सितापाइला तेक्वोन्दो डोजांगका खेलाडीहरुले जितिसकेका छन्। यसै गरि डोजांगले समेत टीम प्रथम र द्वितीय गरि पटकौं प्रतियोगिताहरु जितिसकेको छ । डोजांगको प्रगतिको सिलशिला यतिमा मात्र सिमित छैन ,यस डोजांगका खेलाडीले क्यानाडा तथा ट्युनेसियामा गरि दुइ पटक युबा ओलम्पिक खेलमा क्वालिफाइड गरिसकेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा गत जनवरी १२ देखि १५ तारिखसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री सेमिनारमा सहभागी भएर बब्लु सिवाकोटी ज्युले अन्तर्राष्ट्रिय रेफ्री कोर्स समेत उतीर्ण गरिसक्नु भएको छ । सितापाइला तेक्वोन्दो डोजांगका संचालक तथा प्रमुख प्रशिक्षक एवं नेपाल तेक्वोन्दोसंघका केन्द्रिय सदस्य समेत रहनुभएका तेक्वोन्दोका पाँचौं डान बब्लु सिवाकोटी ज्युले ,सितापाइला तेक्वोन्दो डोजांगमा नियमित क्लास बाहेक प्रत्येक शनिबार स्पेसल पुम्से क्लास समेत संचालन गराई रहनु भएको छ। नियमित स्कुल कलेज का कारण समय दिन नसक्ने खेलाडीहरुको खेलमा नराम्रो असर नपरोस भन्ने हेतुले उक्त बिशेष क्लास शनिबार पनि संचालन गर्नु परेको कुरो खप्तड रैबार संगको कुराकानी मा प्रमुख प्रशिक्षक तथा संचालक सिवाकोटी ज्युले बताउनु भएको छ ।

सितापाइला तेक्वोन्दो डोजांगले हालै जुनियर तथा सिनियर नियमित बेल्ट ग्रेडिंगको कार्य समेत सम्पन्न गरेको छ। उक्त ग्रेडिंगको कार्यको परिक्षा भने अन्तरराष्ट्रिय प्रशिक्षक एबम जज श्री सन्जीब नेपालि ज्युले लिनु भएको थियो भने सह-निर्णायकको जिम्मेवारी भने चौथो डान रहनु भएका श्री राजन भण्डारी , चौथो डान रहनु भएको श्री प्रनिश गुरुङ तथा तेश्रो डान रहनु भएका श्री दीपेश खत्री ले गर्नु भएको थियो। भिडियो को लिंक तल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *