देश भरिका अधिकांश व्यवसायीहरु आर्थिक संकटमा

admin

 

कोरोनाकालमा थालिएको ब्यबसायमाथि उठ्न नपाउदै देश भरिका अधिकांश ब्यबसायीहरु बजारमा आएको मन्दी र बैंकहरुको अत्याधिक बढेको ब्याजको कारण अत्यन्तै तनाब मा रहेका छन् ।बैंकहरुले बढाएको ब्याज को कारण ब्यबसायीहरु थप संकटमा परेका छन् । सरकारले पनि कुनै राहत कार्यक्रम ल्याउन नसेको अबस्थामा ब्यबसायीहरुलाई बैंक को ब्याज तिर्न समेत गाह्रो भएको छ। यहि अबस्था अझैं केहि समय रहने हो भने धेरै ब्यबसायीहरु विस्तापित हुने सम्भावना बढ्दै गएको छ। नेपालका एकजना ठुला ब्यबसायी दुर्गा प्रसाईं ले त ब्यबसायी हरुको पक्षमा आन्दोलन नै सुरु गरिसकेका छन्। ब्यबसायी दुर्गा प्रसाईंलाइ दिन प्रतिदिन अन्य ब्यबसायीहरुको पनि समर्थन बढ्दै गएको देखिन्छ । बैंक को ब्याज तिर्नको लागि घर जग्गा बेच्ने व्यवसायीहरुको लिस्ट लामो हुन छ । ब्यबसायीहरुमा अहिले देखिएको यो आर्थिक समस्यालाई सरकार बाट यथाशिघ्र सम्बोधन भएन भने भोलिको दिन मा नेपालमा लगानी गर्ने लगानी कर्ताहरुमा यसको नकारात्मक असर पर्न सक्छ। नेपाल सरकारले अहिलेको बजारमा देखिएको मन्दी बाट उठ्नलाई ठोस कार्यक्रम ल्याएर ब्यबसायीहरुको मनोबल उच्च राख्नु पर्ने बेला आएको महसुस सबै तिर हुन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *