सितापाइला तेक्वोंदो डोजांगले नेपालको राष्ट्रिय तेक्वोंदो टीमका लागि नया कोचको रुपमा नेपाल आउनु भएका मास्टर साएद हसन रीजय लाइ स्वागत गरेको छ। नेपाल तेक्वोंदो संघले नेपालको राष्ट्रिय तेक्वोंदो टीमका लागि नया कोचको रुपमा भित्र्याएका मास्टर साएद हसन रीजय लाइ स्वागत गर्दै सितापाइला तेक्वोंदो डोजांगका प्रमुख प्रशिक्षक तथा नेपाल तेक्वोंदो संघका केन्द्रीय सदस्य बब्लु सिवाकोटी ज्युले आगामी दिनहरुमा नेपाली खेलाडीहरुले साएद हसन रीजय को प्रशिक्षणमा ठुलो सफलता हासिल गर्ने बिश्वाश पनि ब्यक्त गर्नु भएको छ ।
नेपालको राष्ट्रिय तेक्वोंदो टीमका लागि नया कोच मास्टर साएद हसन रीजयले WORLD CHAMPIONSHIP मा कास्य पदक,ASIAN CHAMPIONSHIP मा पनि रजत तथा SOUTH ASIAN CHAMPIONSHIP मा स्वर्ण पदक जितिसक्नु भएको छ।
नया कोच साएद हसन रीजयले नेपाल का तेक्वोंदो खेलाडीहरुलाई उत्कृष्ठ तालिम प्रदान गर्नु हुन्छ भन्ने कुरा मा आफु बिश्वस्त रहेको कुरा नेपाल तेक्वोंदो संघ का केन्द्रीय सदस्य बब्लु सिवाकोटी ज्युले खप्तड रैबार संग को कुराकानी मा हामीलाई बताउनु भएको छ।