जुन ५ तारिक, जेठ २३ गते विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको चन्द्रागिरि स्थित लिटल स्टार एकेडेमीले टोल सरसफाई तथा सचेतनामूलक प्ले कार्डसहित समाजमा विशेष कार्यक्रमको आयोजना गर्याे ।
उक्त सरसफाइमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराइएको विद्यालयका प्रबन्ध निर्देशक दामोदर पौड्यालले बताउनुभयो । प्ले कार्डसहित सचेतनामूलक कार्यक्रममा ४,५ र ६ कक्षाका विद्यार्थीहरूलाई सहभागी बनाइएको विद्यालयका सह प्रधानाध्यापक अजय रानाभाटले बताउनुभयो । विश्वभर “Land Restoration , Desertification and Drought Resilience . ” अर्थात् भूमि पुनर्स्थापना , मरुभूमीकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय भन्ने नाराका साथ मनाइयो । शिक्षा र संस्कार यी दुई एउटै सिक्काका दुई पाटा हुन् ।
यसै अभिप्रायका साथ हामीले वातावरण कसरी स्वच्छ र सफा राख्न सकिन्छ , बाेटविरुवाहरूले कसरी वातावरणकाे संरक्षण गर्छन् भन्ने अभिप्रायले वृक्षरोपण तथा वरिपरिको वातावरणकाे सरसफाइ कार्यक्रम सम्पन्न गर्याैँ । बिहानै विद्यालय परिसर तथा हरियाली टाेलकाे सरसफाइमा शिक्षक र विद्यार्थीहरूकाे सक्रिय सहभागिता रह्याे । कक्षा आठमा अध्ययनरत उमङ्ग दवाडीले सरसफाइ कार्यक्रम सकेर फर्किँदै गर्दा शिक्षकहरू पनि सरसफाइ कार्यक्रममा आफूहरूसँगै सहभागी हुँदा रमाइलो लागेकाे र हाैसला मिलेकाे कुरा बताए । कक्षा ४,५ र ६ मा अध्ययनरत भाइबहिनीहरूले वातावरण संरक्षणसँग सम्बन्धित नाराहरूसहित हरियाली परिक्रमा गरे यसको समन्वय विद्यालयका कोर्डिनेटर सञ्जुल नकर्मीले गर्नुभएको थियो ।
आजको अनुभवबाट हाम्रा यी भाइबहिनीहरू आफू पनि वातावरण संरक्षणमा लाग्नेछन् र अरूलाई पनि लाग्न प्रेरित गर्नेछन् । हरेक दिवसहरूकाे महत्त्व विद्यालय स्तरबाटै बुझाइनुपर्छ भन्ने साेचका साथ वातावरण दिवस विद्यार्थी , शिक्षक तथा विद्यालय परिवारकाे सक्रिय सहभागिताका साथ मनाइयाे । वातावरण अनि प्रकृतिकाे माया गर्न सिकाऔँ , कागज र कम्प्युटर हाेइन वास्तविकतामै जङ्गल र जनावर देख्ने अवस्था रहाेस् । जीवन प्रकृतिबीचकाे सम्बन्ध सदैव रहिरहाेस् । बालतारा प्रतिष्ठान लिटल स्टार एकेडेमीले गरेको कार्यको अनुसरण सबैले गर्न सके वातावरण सफा र स्वच्छ राख्न पक्कै सघाउ पुग्नेछ ।