जनताहरुले जसरि काठमाडौँ लाइ बालेन सिटि भन्न थालेका छन् त्यसै गरि कुनै प्रधानमन्त्री को देश भनेर किन भन्न सकिरहेका छैनन् ?के नेपाल मा कुनै पनि प्रधानमन्त्री त्यस्तो भन्ने लाएकका छैनन् ? के नेपाल को राजनीतिमा त्यस्ता कुनै सपूत छैनन् ? के नेपाली जनताले गर्बका साथ मेरो देशको भिजन भएको प्रधानमन्त्री भनेर ससम्मान भन्न पाउने छैनन् ? के नेपालका प्रधानमन्त्रीले सधै सत्ता टिकाउन मा मात्रै आफ्नो समय खेर फालिरहनु पर्ने हो ? के नेपालका प्रधानमन्त्रीले ५-१०-१५ बर्षमा नेपाललाई यो स्तरमा पुर्याउछु भन्न सक्ने अबस्था आउने छैन ? के नेपालमा सधै सत्ता परिबर्तन मात्रै भैरहने हो ? के नेपालमा स्थायी सरकार नबन्ने नै हो ? के नेपालीहरु रोजगारीको लागि बिदेशी भूमिमा जानै पर्ने हो ?के पटक पटक असफल भएका व्यक्तिहरु मात्र मन्त्रि भैरहने हुन् ? के राजनैतिक पार्टीहरुमा मन्त्रि बन्ने योग्यता भएका अन्य नेताहरु छैनन् ? के कानुन र संबिधान भन्दा माथि कुनै नेता व्यक्ति वा ब्यबस्था हो ? के राजसस्था लाई फालेको नेताहरुले रजाइ गर्न को लागि नै हो ?के राजनैतिक नियुक्तिको नाममा योग्यता नचाहिने हो ? नेताज्यूहरु के यसरि देश बन्छ त ?
नेताज्यूहरु के यसरी देश बन्छ त ?
admin