काठमाडौं,
साउन ६ गते नागार्जुन नगरपालिकामा नागार्जुन उद्योग बाणिज्य संघ गठन गरिएको छ । नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतको कार्यकक्षमा आयोजित कार्यक्रममा नगर प्रमुखस्तरीय निर्णयानुसार श्री तुल्सीराम थापा मगरको अध्यक्षतामा २२ सदस्यीय नागार्जुन उद्योग बाणिज्य संघको गठन गरिएको छ । विकासमा गति लिँदै गरेको नागार्जुन नगरपालिकामा गठित यस संघले नगरको औद्योगिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
सो कार्यक्रममा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख श्री सन्तोष बुढाथोकी, नागार्जुन नगर खेलकुद विकास समितिका संयोजक श्री राजेन्द्र बुढाथोकी लगायत उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।