कोई घमण्ड रुपको गर्छन् ,
कोई घमण्ड ज्यानको ।
कोई घमण्ड जवानीको ,
कोई घमण्ड ज्ञानको ॥
कोई घमण्ड धनसम्पत्ति ,
सबै मासिने हो ।
त्यो भरी जवानी पनि ,
एक दिन नासिने हो ॥
चलायमान समय हो ,
सधै चल्छ यहांँ ।
सुनको रावणको लंका ,
एक दिन ढल्छ यहांँ ॥
अहँकार नगर्नु कबै ,
राजा बलि जस्तो ।
घमण्ड नगर्नु कबै ,
रावण मर्यो कस्तो ॥
विधिको विधानै भन्छ ,
जहाँ हुन्छ अति ।
विनाशकाल विपरीत बुद्धि ,
बिग्रि जान्छ मति ॥
मर्त्यलोकका हामी सबै ,
नासिने काया हौँ ।
सँगै केई ल्यायनौ यहांँ ,
सबै याई पायाहौँ ॥
यस्तै छ यहांँको चलन ,
यै मनुष्य काया ।
नसक्किन्या नरीत्तीन्या ,
बाडौं हामी माया ॥