सफल बाल गाएक सुप्रिम मल्ल गायन प्रतियोगिता मा पराजय भए तर ब्यबसायीक बजारमा उनको माग यति ठुलो छ कि उनलाई आफ्नो स्कुलको होमवर्क गर्न सम्म पनि समय मिलाउन हम्मे हम्मे पर्छ। गायन प्रतियोगितामा भोटिंग प्रणालीका कारण बिजय हुन नसकेका मल्लले ब्यबसायीक बजारमा एकछत्र राज गर्ने बाल कलाकार को रुपमा आफुलाई साबित गरिसकेका छन्। दैनिक नया गीत मा स्वर दिन भ्याई-नभ्याई छ गायक सुप्रिम मल्ल लाइ । रियालिटी शोहरुले कलाकारहरुलाई दर्शक सामु परिचित गराउनको लागि ठुलो भूमिका खेलेको हुन्छ तर भोटिंग प्रणालीका कारण भने पैसावालाहरु बिजय हुने र पैसा नभएका हरु पराजय हुने देखिएको छ।तर वास्तविक ब्यबसायीक बजारमा भने प्रतिभावानहरुको माग हुने देखिएको छ। यसै कुराको ज्वलन्त उदाहरण हुन् सफल गायक कलाकार सुप्रिम मल्ल । सुप्रिम मल्लको आगामी सांगीतिक यात्रा अझ सफल बनोस हाम्रो तर्फ़ बाट शुभकामना ।