सिन्धु मल्लकाे तीज गितकाे रेकर्डिङ कार्य सम्पन्न ,,

admin

गायिका सिन्धु मल्लकाे तीज काे गितकाे रेकर्डिङ काठमाडौं स्थित मारुनि डिजिटल रेकर्डिङ स्टुडियाेमा सम्पन्न भएको छ।राजकुमार बगरकाे शब्द रचना तथा सुदाम थापाकाे सङ्गीत अनि केशव बडुकाे सङ्गीत संयाेजन रहेकाे यस  गितमा सिन्धु मल्ललाई गायिका द्वय रिता केसि र कला राइले गायनमा साथ यस दिएका छन ।चिटिक्कै भा छु रे र देवरज्यु काे बिहे जस्ता लाेकप्रिय गित सृजना गर्ने सांगीतिक टिमकाे सहकार्य रहेकाे यस गितले दर्शक स्राेता बाट कस्ताे प्रतिकृया पाउछ त्याे भने हेर्न बाकि छ ।तीजकाे पर्वलाइ मध्यनजर गरि थुप्रै गितहरु रिलिज हुने गर्दछन ।अबकाे दुई महिना सम्म नेपालकाे माहाेल तीजमय हुने गर्दछ ।देश भित्र मात्रै नभएर बिदेशमा रहेका नेपालिहरुले समेत विभिन्न सांगितिक कार्यक्रमहरु आयाेजना गरि तीज मनाउने गर्दछन ।

जसका लागि नेपालबाट कलाकारहरु लाई आमन्त्रण गरिन्छ साथै नेपाली कलाकारहरुलाई पनि सांगीतिक कार्यक्रम गर्नका लागि भ्याइनभ्याई हुने गर्दछ ।सम्पुर्ण हिन्दु धर्मावलम्बिहरुमा हाम्राे खप्तड क्रियसन परिवारकाे तर्फबाट पनि हार्दिक मङ्गलमय शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *