काठमाडौँ,
सम्पूर्ण नीतिहरुको मूल नीति हो राजनीति।नेपालको अस्थिर राजनीतिका कारण नेपाली जनताहरुले भोग्नु परेको कठिनाइ दुखद छ। अस्थिर राजनीति हुनुको प्रमुख कारण कतै शासन प्रणाली त होइन ? अहिलेको शासन् प्रणालीमा कुनै एक पार्टीको बहुमत आउने सम्भावना न्युन छ। यस्तो अबस्थामा मिलिजुली सरकार बनाउनुको विकल्प छैन। मिलिजुली सरकार बनाउदा धेरै किसिमका स्वार्थहरू हाबी हुनु स्वाभाविक हो। अनि त्यसमाथि सत्ता साझेदारपार्टी संग मिलेर सरकार चलाउदा देश र जनता भन्दा पनि सरकार टिकाउने र सत्ता साझेदारलाई खुशी बनाउनु पर्ने तितो यथार्थका कारण नेपालको राजनीति स्थिर हुन सकेको छैन। अनि अर्को कुरो प्रधानमन्त्री तथा मन्त्रि मण्डल गठन गर्दा सिमित नेताहरु हाबी हुने हुदा मन्त्रि बनेकाहरुले पनि आफ्ना पार्टीका ठुला नेताहरुको निर्देशन बमोजिम नै काम गर्नु पर्ने हुन्छ तथा आफ्ना नेता प्रति बफादार बन्नु पर्ने हुन्छ । यस्तो अबस्थामा देशको मन्त्रि बाट जनताले अपेक्षा गरे अनुरुप को परिणाम नपाउनु स्वाभाविक हुन आउँछ। नेपालको राजनैतिक परिबर्तनलाई हेर्ने हो भने एउटा निश्चित समयमा अझ भनौ एक वा दुइ दशकमा राजनैतिक परिबर्तन भएको देखिन्छ। अब सायद समय आइसकेको हो कि राजनैतिक परिबर्तनको ? अहिले नेपाली जनतामा प्रतक्ष निर्बाचित प्रधानमन्त्री र मन्त्रिहरु तथा एक जिल्ला एक सांसद भन्ने बिषयले चर्चा पाउन थालेको छ। आफ्नो देशको प्रधानमन्त्री तथा मन्त्रीहरु प्रत्यक्ष रुपमा आफैले छान्न पाउनु पर्ने बिचारहरु उठ्न थालेका छन। यस्तो हुदा प्रधानमन्त्री तथा मन्त्रिहरु देश र जनता प्रति बढी जिम्मेवार हुने बिचार जनतामा आउन थालेको छ। तर ठुला भनिएका राजनैतिक पार्टीहरु यो प्रत्यक्ष निर्बाचित प्रणालीमा जाने सम्भावना न्युन रहेको छ। पछिल्लो समयमा सरकार परिबर्तनको कुरो चर्चाको बिषय बनिरहेको छ। तर कुनै पनि खेलमा अन्तिम सिटि नबज्दा सम्म खेल सकिएको हुदैन भने जस्तै राजनीतिमा असम्भब भन्ने कुरो केहि पनि हुदैन। नया राजनैतिक समीकरण जस्तो पनि बन्न सक्छ। किनभने नेपालको राजनीतिमा पत्याउनै नसकिने राजनैतिक समीकरणहरु बनेका छन्। अब हेर्नु छ नेपालको राजनीतिमा कस्तो समीकरण बन्छ ?अनि जनताले ब्यबस्था परिबर्तनका लागि आवाज उठाउछन् वा यहि अबस्था लाइ स्वीकार्छन वा दुइ ठुला राजनैतिक पार्टीहरु नेपाली कांग्रेस र ने क पा एमाले ले शासकीय संरचनामा परिबर्तन ल्याउछन् ? पर्ख र हेर बाहेक अहिले अरु केहि भन्न सकिने अबस्था छैन।